सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि देशभरका ११ वटा उपमहानगरपालिकालाई ११ करोड ५९ करोड २० लाख रुपैयाँ अनुदान दिने भएको छ । अर्थ मन्त्रालयले सार्वजनिक वित्तीय हस्तान्तरणको रकमअनुसार चालु आर्थिक वर्षको तुलनामा यस्तो बजेट ५.८९ प्रतिशतले कमी हो । चालु आर्थिक वर्षमा उपमहानगरपालिकाहरूका लागि ११ अर्ब ८४ करोड ७३ लाख रुपैयाँ बजेट विनियोजन भएको थियो ।
यस्तै सबैभन्दा थोरै बुटवललाई ८४ करोड ८३ लाख विनियोजन भएको छ । चालु वर्षमा यो उपमहानगरपालिकाले ८६ करोड ४२ लाख बजेट प्राप्त गरेको थियो । अर्थात् चालु वर्षको तुलनामा १.८४ प्रतिशतले घटेको हो । यस्तै दोस्रो धेरै बजेट पाउनेमा इटहरी हो । यसले १ अर्ब २१ करोड ४४ लाख रुपैयाँ बजेट पाएको छ । उसको बजेट चालु वर्षको तुलनामा २८.५२ प्रतिशतले घटी हो । चालु वर्षका लागि इटहरीका लागि १ अर्ब ६९ करोड ९० लाख रुपैयाँ विनियोजन भएको थियो ।




