लामो समयदेखि ‘लिभिङ टुगेदर’ मा रहँदै आएका ओली सरकारका एक मन्त्रीले घरमा बिमार श्रीमती रश्मी हुँदाहुँदै प्रेमिकासँगको सम्बन्धलाई वैध बनाएका छन् । पूर्वसांसदसमेत रहेकी निर्जला राउतलाई श्रममन्त्री शरदसिंह भण्डारीले विधिवत् पत्नीको दर्जा दिएर मन्त्रालयकै लेटरहेडमा सिफारिस गरेको भेटिएपछि जनआस्थाले खोजी–नीति गर्दै जाँदा प्रमाण भेटिएको हो ।
मन्त्रीको कान्छी पत्नी बनेकी निर्जला डिभोर्सी हुन् । भारतीय मूलका अमेरिकी नागरिक कृष्णनसँग केही वर्षअघि नै सम्बन्धविच्छेद गरेर नेपाल फर्किएकी उनीसँगै भण्डारी लामो समयदेखि लिभिङ टुगेदरको सम्बन्धमा भैंसेपाटीमा रहँदै आएका थिए । उनीहरूले केही अघि मात्र महोत्तरीको एउटा स्थानीय तहबाट विवाह दर्ता गरेको बुझिएको छ । निर्जलाको पूर्व पतिबाट दुई छोरी छन्, उनीहरूले थर पनि राउत नभई कृष्णन् नै लेख्छन् । ती अमेरिकामै छन्, दुवै छोरीले स्नातकोत्तर तहको अध्ययन सिध्याइसकेका छन् । निर्जला मधेस आन्दोलन ०६३ देखि नेपालमै बस्न थालेकी हुन् ।
नागरिकताअनुसार सिरहा जिल्ला, बस्तीपुर– २ पक्कीटोलकी बासिन्दा हुन् र अस्थायी रूपमा ललितपुरको भैंसेपाटीमा बस्दै आएकी छन् । जुन दिनदेखि निर्जला भित्रिइन्, त्यहीँबाट कांग्रेसको राजनीति त्यागेर शरद्सिंह निरन्तर मधेसकेन्द्रित राजनीतिमा सक्रिय छन् । पञ्चायतदेखि गणतन्त्र कालसम्म दल फेरेर मन्त्री बन्दै आएका उनले ०४६ पछि बल्ल कांग्रेसको राजनीति थालेका हुन् । भण्डारीले यसबीच गर्लफ्रेण्ड निर्जलालाई दुई पटक सांसद बनाइसके । ०६४ मा उपेन्द्र यादवले रेणु यादवलाई उकास्दा निर्जला सांसद बन्न सकेकी थिइनन् तर ०७० को दोस्रो संविधानसभा हुँदै ०७४ को प्रतिनिधिसभामा समानुपातिक सांसद नै भेट्टाइन् ।
निर्जलाले पूर्व पतिसँग डिभोर्स गरेर शरदसिंहसँग वैवाहिक नाता जोडे पनि शरद्ले भने पहिलो पत्नीसँग सम्बन्ध तोडेका छैनन् । पत्नी रश्मी हात्तीपाइले रोगबाट दुई दशकदेखि लडिरहेकी छन् । स्याहार सुसार चाहिने बेला भण्डारी पत्नीको ख्याल नगरी कान्छीसँग रमाइरहेकै थिए । अहिले उनैलाई कान्छी बनाएका हुन् ।

समाचार स्रोतका अनुसार, महोत्तरीको औरही नगरपालिकाका मेयर नातामा निर्जलाकी बहिनी–ज्वाइँ हुन् । त्यही सम्बन्धलाई प्रयोग गरेर सोही नगरपालिकाको वडाबाट निर्जला र शरदसिंहले विवाह दर्ताको प्रमाणपत्र बनाएको बुझिएको छ । जेठी पत्नीबाट शरदसिंहका तीन छोरी छन्, जेठी रास्वपा सांसद विराजभक्त श्रेष्ठलाई दिइएको छ भने माइली अष्ट्रेलिया बस्छिन् । कान्छीले केही महिनाअगाडि मात्र विवाह गरेकी हुन् ।
१९ औं पटक मन्त्री बनेर रेकर्ड राखेका भण्डारी र निर्जलाको संयुक्त लगानीमा बर्दिबासमा होटल र हस्पिटल व्यवसायदेखि जलविद्युत् परियोजनासम्म रहेको छ । पछिल्लो समय छायाँ मन्त्रीको रूपमा उनै निर्जलाको दवदवा रहेको श्रम मन्त्रालय स्रोतले जनाएको छ । हालै मात्र विभिन्न मुलुकमा श्रम सहचारी र श्रम काउन्सेलर नियुक्ति गर्दा निर्जला हावी भएको भन्दै असन्तुष्टि व्याप्त छ । पहिलो पत्नीसँग डिभोर्स नगरी कान्छी भिœयाएका शरदसिंहलाई जो कसैले जिल्ला प्रशासन, सरकारी वकिल तथा अदालतमा मुद्दा चलाएको खण्डमा लाग्ने कानुनका जानकारहरूले प्रतिक्रिया दिएका छन् ।
संभार जन आस्था

प्रधानमन्त्री ओलीले पूर्वराजा ज्ञानेन्द्रले अवाञ्छित व्यक्तिलाई आफ्नै निवासमा डाकेर कथित ‘जनकमान्डर’ तोकेका बताए । ’पूर्वराजा ज्ञानेन्द्र शाहले गत फागुन ७ गते आफू ‘अघि बढ्ने, साथ देऊ’ भन्दै वक्तव्यबाजी गर्नुभयो । त्यसको लगत्तै ठाउँठाउँमा स्वागत कार्यक्रम राख्दै जनमत भड्काउने काम शुरू गरियो । फागुन २५ गते कथित ‘स्वागत–सवारी’ आयोजना गरियो । र, चैत १४ गते समाज बिथोल्न लागिपरेका एक जना अवाञ्छित व्यक्तिलाई आफ्नै निवासमा डाकेर कथित ‘जनकमान्डर’ तोक्नुभयो र हिंसात्मक वारदातका लागि खटाउनुभयो,’ उनले भने ।
फोहरमैला व्यवस्थापन तथा सरसफाई महाशाखामा तेल घोटाला भएको आरोप लागेको हो । माहानगरपालिकाले चलाएको लामखुट्टे मार्ने अभियानमा माहाशाखा प्रमुख सरफुदिन मियाले तेल घोटाला गरेको आरोप लागेको हो ।
बाराको सिमराबाट वीरगञ्ज फर्कने क्रममा जितपुरमा भएको दुर्घटनामा २८ वर्षीय सुशील बिडारी, उनकी आमा गङ्गा बिडारी, र जितपुरका भागिरथ साह गम्भीर घाइते भएका थिए । वरपरका मानिसहरू सहयोग गर्न हिचकिचाइरहदा र समयमा एम्बुलेन्स समेत नभएपछि गुप्ताको सहयोगमा घाइतेलाई अस्पताल पुरयाएको थियो ।
उहाँले स्वर्ण जयन्ती छात्रवृत्ति योजनाको २३औं ब्याचका पुरस्कृतहरूका साथै राजदूतको रोल अफ अनरको दोस्रो संस्करणका मेधावी विद्यार्थीहरूलाई बधाई दिनुभयो । विद्यार्थीहरूलाई आ–आफ्नो क्षेत्रमा उत्कृष्टताको लागि प्रयास गर्न प्रोत्साहन गर्दै भारतको स्टार्टअप इकोसिस्टम, इनक्युबेशन सेन्टरहरू र अन्य सहकार्यका पहलहरूमा हुने संलग्नता मार्फत उपलब्ध हुने व्यापक अवसरहरूमाथि प्रकाश पार्नुभएको थियो ।
देशको मुख्य व्यपारिक नाका तथा प्रमुख औद्योगिक क्षेत्रलाई प्रतिनिधित्व गर्ने वीरगन्ज उद्योग वाणिज्य संघको नयाँ नेतृत्वमा सहरलाई चाँसो छैन । यहाँ रहेको ठाकुर राम बहुमुखी क्याम्पस वा नरर्सिङ क्याम्पसको स्वतन्त्र विद्यार्थी युनिउनको निर्वाचन जतिको पनि चर्चा पाउन सकेको छैन । बरु सहरमा रहेका जेसिस, रोटरी, नेपाल पत्रकार महासंघ, रेडक्रस, बार एशोसिएशनको अधिवेशन बारे मानिसहरुले चाँसो जनाउने र सरोकार व्यक्त गर्ने गरेको भेंटिन्छ । तर, उद्योग वाणिज्य संघको विषयमा सहरको लागि सरोकारको विषय रहेन किन ? यो आफैमा प्रश्नको बिषय छ ।
कार्यक्रममा राजनीतिक प्रतिनिधि, सरकारी अधिकारी, सामाजिक कार्यकर्ता, स्कूल शिक्षक, विद्यालयका छात्र छात्रा र अभिभावकहरुको उल्लेखय सहभागीता रहेको थियो ।